२०८३ कार्तिक ९ गते आइतवार

दाङमा खोलामा डुबेर बेपत्ता भएका युवकको शव भेटियो

दाङ, १४ वैशाख । दाङको अर्जुन खोलामा डुबेर बेपत्ता भएका एक युवकको शव भेटिएको छ । लमही नगरपालिका–५ का २२ वर्षीय चेतराज चौधरीको आज बिहान शव भेटिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार हिजो दिउँसो साथीसँग नुहाउन खोलामा गएका चौधरी डुबेर बेपत्ता हुनुभएको थियो । लगत्तै खोजी थालेको सुरक्षाकर्मीको टोलीले हिजो अबेरसम्म फेला नपारेपछि आज बिहानैदेखि खोजी कार्य थालेको थियो । बिहान ९ बजेतिर चौधरीको शव भेटिएको वडा प्रहरी कार्यालय लमहीका निमित्त कार्यालय प्रमुख धर्म खड्काले जानकारी दिनुभयो ।।

प्रकाशित मिति : २०८२ बैशाख १४ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।