२०८३ कार्तिक ९ गते आइतवार

राप्ती आधारभूत अस्पताल सिसहनियाँमा हाडजोर्नी , नसा तथा बाथरोगको उपचार सेवा सुरु

भालुवाङ २२ चैत । दाङको राप्ती गाउँपालिका वडा नम्बर ५ स्थित राप्ती आधारभूत अस्पताल कालापानीमा हाडजोर्नी, नसा तथा बाथरोग सम्बन्धि विशेषज्ञ स्वास्थ्य सेवा सुरु गरिएको छ। शुक्रबारबाट बुटवलका विभिन्न अस्पतालमा कार्यरत हाडजोर्नी, नसा तथा बाथरोग विशेषज्ञ डा। राज कृष्ण श्रेष्ठले स्वास्थ्य सेवा प्रदान गर्न थाल्नुभएको हो। अस्पताल प्रशासनका अनुसार अबदेखि डा। श्रेष्ठले प्रत्येक महिनाको अन्तिम शुक्रबार नियमित रुपमा सेवा दिनु हुने भएको छ।

पालिकाका अध्यक्ष प्रकाश विष्टले विशेषज्ञ सेवाबाट स्थानीयवासीले ठूलो राहत पाउने विश्वास व्यक्त गर्नुभयो। उहाँले आगामी महिनादेखि हरेक हप्तामा विभिन्न विशेषज्ञ डाक्टरमार्फत स्वास्थ्य सेवा उपलब्ध गराउने तयारी भइरहेको जानकारी दिनुभयो। यस क्षेत्रमा विशेषज्ञ स्वास्थ्य सेवा नहुँदा बिरामीहरूलाई बाहिरी जिल्लासम्म जानुपर्ने बाध्यता थियो। गाउँमै विषेशज्ञ सेवा पाए पछि नागरिकहरूलाई समय र पैसाको बचत हुने अपेक्षा लिएको अध्यक्ष विष्टले बताउनु भयो ।

प्रकाशित मिति : २०८१ चैत्र २३ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।