भालुवाङ १४ चैत । दाङको राप्ती गाउँपालिका वडा नम्बर २ लालमटिया स्थित पशुवृद्वा आश्रम तथा गौशाला सुधार हुँदै गए पनि चौपायालाई आहाराको अभाव हुन थालेको छ । कालिका सामुदायिक वन उपभोक्ता समुहद्वारा सञ्चालित पशुवृद्वा आश्रम तथा गौशाला व्यवस्थित हुँदै गए पनि गाई गोरूलाई आहाराको अभाव हुन थालेको हो । गौशालामा अहिले ९२ बढी गाई गोरु तथा बाछाबाछी रहेका छन् । चौपायाको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । वन समूह सँग पर्याप्त स्रोत नहुँदा आहारा पु¥याउन समस्या हुँदै आएको छ,’ कालिका सामुदायिक वन उपभोक्ता समुहका कोषाध्यक्ष यमबहादुर रोका मगरले भन्नुभयो, ’दाताहरूले गरेको सहयोग र गौशालाको केही आम्दानीले जसोतसो चौपायालाई खुवाउन पुगेको छ ।’
उहाँका अनुसार गौशालालाई विभिन्न व्यक्तिहरुले विशेष अवसरमा सहयोग गर्दै आएका छन् । संरचनागत रूपमा व्यवस्थित बन्दै गए पनि चौपायाको आहाराको व्यवस्थापनमा चुनौती थपिँदै गएको उनको भनाइ छ । खासगरी पर्याप्त मात्रामा परालको व्यवस्थापन हुन नसक्दा आहारा खोज्दै हिँड्नुपरेको कोषाध्यक्ष मगरले बताउँनुभयो । ’हामीसँग पराल धेरै थियो । एक वर्षलाई पुग्छ भनेको पराल छ महिनामै सकियो । अझै समय धेरै छ । पराल कतै पाइँदैन । पाइएको ठाउँमा पनि महँगो छ । खरिद गर्नका लागि समुहसँग पैसा छैन । अब गहुँको भुसको जोहोमा जुटेका छौ उहाँले भन्नुभयो । आहारा नहुँदा गाई गोरु समेत दुब्लाउँदै जान थालेको समुहका अध्यक्ष जोहोरमान मियाँले बताउनुभयो । यस्तै गौशालामा गाई गोरूलाई घाम र पानीबाट बचाउन गोठ छैन् ।
गोठ बनाउन केही प्रयास गरेका छौ तर आर्थिक समस्याका कारण बनाउन लागेको गोठ पनि अलपत्र अवस्थामा रहेको अध्यक्ष मियाँले बताउनुभयो । त्यस्तै गौशालामा ३ जना गौरक्षक आवश्यक रहे पनि अहिले १ जना गौंरक्षकको भरमा सो गौशालाको हेरचाह भइरहेको अध्यक्ष मियाले बताए हाल सो गोठ बनाउन सामुदायिक वनको आन्तरिक कोषबाट २ लाख, भृकुटी महिला विकास बचत तथा ऋण सहकारीबाट ५० हजार र महायज्ञबाट ८० हजार केहि रकम प्रदेश सरकारबाट प्राप्त भए पनि बजेट अभावले काम रोकिएको अध्यक्ष मियाले बताउनुभयो । कुल ७ लाखमा सो गोठ निमार्ण हुने स्टिमेट तयार भएको छ । अहिले राप्ती गाउँपालिका सँग स्टिमेट सहित बजेट माग गरेको अध्यक्ष मियाँको भनाइ छ ।।























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।