तुलसीपुर, ११ फागुन । अध्ययनको सन्दर्भमा सबैभन्दा महत्वपूर्ण कुरा अनुसन्धान रहेको डिन कार्यालयका सहायक प्राध्यापक डाक्टर चिरञ्जिवी आचार्यले बताउनुभएको छ । दाङको तुलसीपुर स्थित राप्ती बबई क्याम्पसमा अनुसन्धान लेखन सम्बन्धी अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताउनु भएको हो । स्नातकोत्तर तहको अध्ययन गर्ने भनेको ज्ञान सिक्ने र सिकाउने मात्रै नभएर नयाँ कुराको खोजी गर्ने, पत्ता लगाउने र त्यसको बारेमा अनुसन्धान गरेर समस्याको समाधान गर्ने पनि भएको डाक्टर आचार्यले बताउनुभयो ।
सिक्ने र सिकाउने अध्ययन त विद्यालय तहमा भैसक्ने भएकाले युनिभर्सिटीको तहमा पुग्दा सिक्ने सिकाउने सँगसँगै अनुसन्धान गर्ने तहको पढाई भएको उहाँको भनाइ थियो । त्यसैले स्नातकोत्तर तहका विद्यार्थीहरुलाई उहाँले नयाँ विषयको खोज र अनुसन्धान गर्न सुझाव दिनुभयो । जसले गर्दा विद्यार्थीहरुको व्यक्तित्व, नेतृत्वको विकाससँगै आर्थिक रुपमा आयआर्जन पनि गर्न सकिने बताउनुभयो ।
सो अवसरमा क्याम्पस प्रमुख गणेश पार्धेले राप्ती बबई क्याम्पस अनुसन्धानको पाटोमा केही पछाडि रहेको महसुश भएर अभिमुखीकरणको आयोजना गरेको जानकारी दिनभयो । ‘विशेष गरी स्नातकोत्तर तहमा अनुसन्धानात्मक लेखन तथा थेसिश अध्ययन गर्नु पर्ने भएकाले थेसिश लेख्दा आवश्यक पर्ने सामग्री र प्रक्रियाबारे विद्यार्थीहरुलाई जानकारी दिएर व्यवहारमा कार्यान्वयन गरुन् भन्ने हाम्रो उद्धेश्य हो’ उहाँँले भन्नुभयो ।‘कुनै एउटा शव्दले, वाक्यले पनि मान्छेको जीवन बदलिदिन्छ, समाजमा मूल परिवर्तन हुनसक्छ । त्यसैले त्यस्तो किसिमका नयाँ नयाँ विषयमा खोज अनुसन्धान गरेर थेसिश लेख्दा धेरै फाइदा छ ।’ उहाँले क्याम्पस प्रशासन प्रमुख, क्याम्पस प्रमुख, शिक्षकहरुसँँग कस्तो व्यवहार गर्ने भन्नेबारे कतिपय विद्यार्थीहरुलाई जानकारी नहँुदा विद्यार्थी र क्याम्पस दुवैलाई समस्या हुने हँुदा ख्याल गर्न सुझाव दिनुभयो ।
क्याम्पसका स्नातकोत्तर तहको प्रथम सेमेष्टर र चौथो सेमेष्टरका विद्यार्थीहरुलाई अनुसन्धान लेखन सम्बन्धी अभिमुखीकरण कार्यक्रममा विद्यार्थीहरुलाई अनुसन्धानात्मक लेखन कसरी गर्ने, केके चाहिन्छ, गुणस्तरीय र उत्कृष्ट अनुसन्धानात्मक लेखनी कसरी लेख्न सकिन्छ भन्ने विषयमा जानकारी गराइएको थियो । क्याम्पस प्रमुख गणेश पार्धेको अध्यक्षता तथा डिन कार्यालयका सहायक प्राध्यापक डाक्टर चिरञ्जिवी आचार्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सहजीकरण सहायक क्याम्पस प्रमुख आनन्दा खत्रीले गर्नु भएको थियो ।।























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।