२०८३ कार्तिक ८ गते शनिवार

संघीय सरकारले कानुन नबनाउँदा प्रदेश र स्थानिय सरकारले समस्या झेल्दै

तुलसीपुर, ११ फागुन । संघीय सरकारले कानुन नबनाउँदा प्रदेश सरकार र स्थानिय सरकारले समस्या झेलिरहेको लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीमगरले बताउनु भएको छ । जसले गर्दा स्थानिय सरकार कार्यविधिकै आधारमा संचालित भैरहेका छन् । देशभरका ७ सय ५३ स्थानिय तहमध्ये अधिकांश स्थानिय तहले कार्यविधिमै आधारित रहेर संचालनमा रहेको उहाँले बताउनुभयो । प्रदेश सभासँग स्थानिय सभाको कानुन निर्माण सम्बन्धी पत्रकार भेटघाट कार्यक्रममा यस्तो बताउनु भएको हो ।

उहाँले दोस्रोपटक प्रदेश सरकारले स्थानिय तहसँग कानुन निर्माण सम्बन्धी सहकार्य कार्यक्रम गरेको बताउनुभयो । जानीजानी नभएर अभ्यास र अनुभवको अभावले कानुन निर्माणमा समस्या भएको उहाँको भनाइ थियो । संघीय सरकारले वन ऐन, प्रहरी ऐन, संघीय निजामती ऐन, शिक्षा ऐन अहिलेसम्म निर्माण नगर्दा बाध्यकारी भएर प्रदेश र स्थानिय सरकारले कार्यविधि बनायर कार्यविधिले निर्देश गरे अनुसार संचालनमा रहेको बताउनु भयो । काम गर्दै जाँदा कर्मचारीको सहजताका लागि भए पनि बाध्यताले कार्यविधि बनाएको उहाँले बताउनुभयो ।

सो अवसरमा उहाँले लुम्बिनी प्रदेशका चार उपमहानगरपालिकामध्ये तुलसीपुर उपमहानगर सबै भन्दा दुर्गम रहेको बताउनु भयो । यस उपमहानगरको विकास र विस्तारका लागि आफू र प्रदेश सरकार लागिपरेको बताउनुभयो । ‘यो उपमहानगर राजनितिक हिसावमा त झन कहिले पनि पहिलो नंवरमा पर्दैन’ उहाँले भन्नुभयो ।

प्रकाशित मिति : २०८१ फाल्गुन ११ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।