२०८३ कार्तिक ८ गते शनिवार

आउँदाे असारभित्र सर्वाेच्चमा ८ वर्ष नाघेका मुद्दा शून्यमा झार्ने प्रधानन्यायाधीशकाे घाेषणा

काठमाण्डाै , ९ फागुन । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले २०८२ साल असार मसान्तभित्र सर्वोच्च अदालतमा ८ वर्ष नाघेका मुद्दाको सङ्ख्या शून्यमा झार्ने घोषणा गर्नुभएको छ । सर्वोच्च बार एशोशिएशनको ५१औं स्थापना दिवसको अवसरमा आज काठमाण्डाैमा आयोजित कार्यक्रममा प्रधानन्यायाधीश राउतले सर्वोच्चमा ८ वर्ष नाघेका मुद्दा अहिले ७८ थान रहेकाे र आउँदो वर्षको असार मसान्तसम्म शून्यमा झार्ने बताउनुभयो ।

उहाँले ५ वर्ष नाघेका २ हजार ४ सय थान मुद्दा २०८३ सालसम्म शून्यमा झार्ने लक्ष्य राखेकाे सुनाउनुभयाे । यस्तै प्रधानन्यायाधीश राउतले सर्वोच्चका आदेश र फैसलाहरूमा सशक्त टिप्पणी गर्न कानून व्यवसायीहरूलाई आग्रह गर्नुभयो । उहाँले आदेशप्रति आग्रह वा पूर्वाग्रह नराखी टिप्पणी गर्न अनुरोध गर्नुभयो ।

प्रधानन्यायाधीश राउतले कानून व्यवसायीहरूसँग भएको ज्ञान र क्षमता कानून निर्माणको क्षेत्रमा सम्प्रेषण हुन नसकेको गुनासाे गर्नुभयाे । कानून बनाउँदा कानून व्यवसायी र संसद्बीच पर्याप्त छलफल नहुँदा अन्यायपूर्ण र दोषपूर्ण कानून बन्ने गरेको उहाँकाे भनाइ छ ।.

प्रकाशित मिति : २०८१ फाल्गुन ९ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।