२०८३ कार्तिक ८ गते शनिवार

सिङ्गापुर पठाइदिने भन्दै १३ जनाबाट ७१ लाख रुपैयाँभन्दा धेरै ठगी

  काठमाण्डौँ, ७ फागुण । आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीका लागि सिङ्गापुर र चेक रिपब्लिक पठाइदिने भन्दै साढे ७३ लाख रुपैयाँभन्दा धेरै ठगी गर्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–७ घर भई काठमाण्डौ महानगरपालिका–२ लाजिम्पाट बस्ने ३७ वर्षीय सरन थापा र इलामको सूर्योदय नगरपालिका–१० घर भई काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिका–९ पेप्सीकोला बस्ने ३२ वर्षीय मिकेश सुवेदी रहेका छन् । सरनले सिङ्गापुर पठाइदिने भन्दै १३ जनाबाट ७१ लाख १९ हजार र मिकेशले चेक रिपब्लिक पठाइदिने भन्दै एक जनाबाट २ लाख ५० हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएका नेपाल प्रहरीको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । उनीहरूलाई काठमाण्डौ उपत्यकाका विभिन्न ठाउँबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको कार्यालयका प्रहरी उपरीक्षक एवम् सूचना अधिकारी काजीकुमार आचार्यले बताउनुभयो ।

प्रकाशित मिति : २०८१ फाल्गुन ७ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।