शनिबार राति भारतको नयाँ दिल्ली रेलवे स्टेसनमा भागदौड हुँदा १८ जनाको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार करिब ९ः२६ बजे भएको भागदौडमा १४ महिला र ३ बालबालिकाको मृत्यु भएको हो । घटनामा २५ भन्दा बढी घाइते भएका छन् ।लोक नायक जय प्रकाश अस्पतालले मृत्युको पुष्टि गरेको छ । दुर्घटना प्लेटफर्म नम्बर १३, १४ र १५ को बीचमा भएको थियो । महाकुम्भ जान दिउँसो ४ बजेदेखि नै स्टेसनमा भीड लागेको थियो ।
राति करिब ८ः३० बजे प्रयागराज जाने ३ वटा रेल ढिला भयो जसका कारण भीड बढ्यो र भागदौड मच्चियो । रेलमन्त्री अश्विनी वैष्णवले घटनाको छानबिन गर्न आदेश दिनु भएको छ । यसअघि जनवरी २९ मा प्रयागराजको महाकुम्भमा भागदौड मच्चिँदा ३० जनाको मृत्यु भएको थियो ।
टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।