२०८३ कार्तिक ११ गते मङ्गलवार

तुलसीपुरस्थित अरनिको मैदानमा डिजिटल गेम स्कोर बोर्ड राखिदै

  तुलसीपुर, १७ माघ । दाङको तुलसीपुरस्थित अरनिको मैदानमा डिजिटल गेम स्कोर बोर्ड राखिने भएको छ । मैदान व्यवस्थित गर्नका लागि तुलसीपुर उपमहानगरपालिका वडा नबर ६ को सहयोगमा डिजिटल गेम स्कोर बोर्ड राखिने भएको हो । वडा कार्यालयको करिब ७० हजार बराबरको आर्थिक सहयोगमा बोर्ड स्थापना गर्न लागिएको वडा नंबर ६ का अध्यक्ष दुजमान भण्डारी वर्षातले जानकारी दिनुभयो । उहाँका अनुसार सो बोर्ड दाङको तुलसीपुरमा हुने प्रथम अन्तर वडा कप रनिङ शिल्ड प्रतियोगिताको उदघााटन एकै दिन यही माघ १९ गते हुने भएको छ । बोर्ड मैदानको पूर्व तर्फको भागमा राखिने भएको छ । सो बोर्डबाट अरनिको मैदानमा भैरहेको खेलहरुको अवलोकन गर्न सकिने छ ।।

प्रकाशित मिति : २०८१ माघ १७ गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।