तुलसीपुर, २५ पुष । हिजो बिहानै देखि दाङमा चिसो बढेको छ । मौसम बदली भएसँगै दाङमा दुई दिनदेखि घाम नलाग्दा चिसो बढेको हो । विभिन्न स्थानमा छिटफुट पानी परेकाले पनि चिसो बढेको मौमस फिल्ड कार्यालय घोराही दाङले जनाएको छ । चिसो बढ्दै जान थालेपछि दाङको जनजीवन प्रभावित भएको हो । चिसोका कारण विशेष गरि वृद्धवृद्धा, बालबालिका, सुत्केरी महिला, मजदुरहरु बढि प्रभावित भएका छन् । दाङको आजको अधिकतम तापक्रम १२ दशमलव ७ डिग्री सेल्सियस रहेको छ भने न्यूनतम तापक्रम ९ दशमलव ७ डिग्री सेल्सियस रहेको जल तथा मौसम फिल्ड कार्यालय घोराहीका प्रमुख श्रेया रिजालले जानकारी दिनुभयो । उहाँका अनुसार मंगलबार अधिकतम तापक्रम २१ दशमलव ४ डिग्री सेल्सियस रहेकोमा बुधबार १२ दशमलव ४ रहेको थियो । चिसो बढेकाले अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन, न्यानो कपडा, टोपी, पञ्जा,मोजा लगाएर चिसोबाट बच्न बचाउन सुझाव दिनुभयो ।।























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।