२०८३ कार्तिक ११ गते मङ्गलवार

हिमाल एकाडेमीमा संयुक्त राष्ट्र संघको संसदीय नमुना अभ्यास सुरु

संयुक्त राष्ट्र संघको मान्यतालाई नेपालमा पनि लागु गर्नु आवश्यक: पाण्डे
तुलसीपुर, २४ मंसिर । दाङको तुलसीपुर स्थित हिमाल एकाडेमीमा संयुक्त राष्ट्र संघको संसदीय नमुना अभ्यास कार्यक्रम सुरु भएको छ । कार्यक्रमको उद्घाटन गर्दै तुलसीपुर उपमहानगरपालिकाका पूर्व नगरप्रमुख तथा ग्रीन फाउण्डेशन नेपालका अध्यक्ष घनश्याम पाण्डेले कसैलाई विभेद गर्नु हुँदैन भन्ने संयुक्त राष्ट्र संघको मान्यतालाई नेपालमा पनि लागु गर्नु आवश्यक रहेको बताउनु भएको छ । कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका पाण्डेले जन्म तथा लिङ्गका आधारमा, कसैलाई पनि निभेद गर्नुहुँदैन, सबैलाई समान रुपमा लिनुपर्छ भन्ने राष्ट्र संघको मान्यतालाई विश्वका सबै देश र नागरिकले आत्मसात गर्नुपर्ने बताउनु भएको हो ।

उहाँले जलवायु परिवर्तनको प्रभाव विश्व पारिस्थितिकीय प्रणालीमा परिरहेकाले विश्वमै पृथ्वीको तापमान बढिरहेको भन्दैे यसलाई न्यूनिकरण गर्न आवश्यक रहेको बताउनु भयो । यदि यसको न्यूनिकरण तर्फ ध्यान नदिएमा र विश्वव्यापी रुपमा भइरहेको जलवायु परिवर्तन रोक्न नसके एक दिन मावन जाती लगायत जीवित प्राणी संकटमा पर्ने बताउनु भयो । त्यसैले यसलाई रोक्ने अभ्यास तथा प्रयास अहिलेदेखि नै सुरु गर्न आग्रह समेत गर्नु भयो । ‘आफू धनि हुने नाममा मासिएका वन जंगल विनाशको असर पृथ्वीमा पर्यो, असन्तुलन पैदा भयो, त्यसको असर मानव लगायत जीवित प्राणीमा पर्न गयो । धेरै ढिला भैसक्यो अव पनि यसलाई सुधार गर्न ढिला गर्नुहुँदैन’ उहाँले भन्नुभयो– ‘जति धनी र सम्पन्न भएपनि बाँच्नका लागि त हावा नै चाहिन्छ त्यसैले हावालाई स्वच्छ सफा राखौँ ।’ विद्यार्थीहरुलाई डाक्टर, इन्जिनियर, म्यानेजर जे बने पनि त्यसका सार्थ उद्यमशील हुन पनि सुझाव दिनुभयो । यस्तै कार्यक्रमका विशिष्ट अतिथि तुलसीपुर उपमहानगरपालिका वडा नंबर ६ का वडा अध्यक्ष दुजमान भण्डारी (वर्षात) ले विद्यार्थीहरुलाई भविष्यमा सधैैँ राम्रा मान्छेको संगतमा लाग्न आग्रह गर्नु भयो । अन्जानमा नराम्रो व्यक्तिको संगतमा लागे उसलाई सुधार्ने प्रयास गर्ने र सुधार्न नसकेमा उसको संगत नै गर्न छोडेमा आफू पनि विग्रिनबाट जोगिने बताउनु भयो । राम्रा व्यक्तीको संगतले आफू पनि सधैँ राम्रो बाटोमा नै अगाडि बढ्ने हौसला, सल्लाह सुझाव पाइने भन्दै सर्धैँ राम्रो मान्छेको संगतमा लाग्न र सत्मार्गमा हिड्न सुझाव दिनुभयो । मानव अधिकारकर्मी सुशील बस्नेतले संयुक्त राष्ट्र संघको आफ्नै अभ्यास, प्रणाली, नितिनियम छ त्यसलाई आत्मसाथ गरेमा नयाँ कुरा सिक्न सकिने बताउनु भयो । नयाँ नयाँ अभ्यास गर्दै र सिक्दै जाने हो भने एक दिन समाज रुपान्तरण गर्नमा सहयोग पुग्ने बताउनु भयो । तुलसीपुरलाई शान्त र सुन्दर बनाउँदै जिल्लाका अन्य पालिका हुँदै पूर्ण जिल्ला नै शान्त र सुन्दर हुनेछ भन्ने विश्वास व्यक्त गर्नुभयो । विद्यालयमा संयुक्त राष्ट्र संघको अभ्यास विद्यार्थीहरुलाई तीन दिनसम्म गराइने भएको छ । कक्षा ११ कानुन संकायका विद्यार्थी प्रशंसा केसीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य विद्यालयका प्रधानाध्यापक मधुसुदन केसी, धन्यवाद ज्ञापन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनय कुमार मिश्र र सहजिकरण शिक्षक नवीन कुमार पराजुलीले गर्नु भएको थियो ।

प्रकाशित मिति : २०८१ मङ्सिर २४ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।