दाङ, ६ कात्तिक । नेपालकी सामाजिक तथा कम्लहरी अभियन्ता उर्मिला चौधरी ग्लोबल एन्टी रेसिजम च्याम्पेनशिपु अवार्डबाट अमेरिकामा सम्मानित हुनुभएको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले उहाँलाई सो अवार्ड प्रदान गर्नुभएको हो । स्टेट डिपार्टमेन्टले सार्वजिनक गरेको विवरणमा चौधरी ६ वर्षको उमेरमा कमलरीको रूपमा मालिकको घरमा पुग्नुभएको थियो । दाङको गढवा गाउपालिकामा जन्मिएको उहाँलाई १७ वर्षको उमेरमा उद्धार गरेर पठनपाठनमा सहभागी गराइएको थियो । १७ वर्षको उमेरमा कखरा पढेको चौधरी अहिले कानून विषयमा स्नातक गर्दै हुनुहुन्छ । कानुन पढेर अभियानमा लाग्ने प्रण गर्दै आउनुभएकी चौधरीले महिला सशक्तीकरणका लागि विभिन्न ३० वटा सहकारी समूहमार्फत काम गर्दै आउनुभएको छ । चौधरीलाई यो अवार्ड नेपालका पिछडिएका अल्पसङ्ख्यक समुदायका लागि विभेद र शोषणका लागि काम गर्दै आउनुभएकी सशक्त अभियन्ता तथा मानव अधिकारको रक्षाका लागि अतिरिक्त साहस, नेतृत्वदायी भूमिका, मजबुत र प्रतिबद्धताका लागि प्रदान गरिएको स्टेट डिपार्टमेन्टले उल्लेख गरेको छ । चौधरीले यसअघि पनि विभिन्न अन्तराष्ट्रिय अवार्डहरु पनि प्राप्त गरिसक्नु भएको छ । उहाँले प्राप्त गरेका विगतका अवार्डहरुबाट पनि केही रकम मुक्त कम्लहरी दिदीबहिनीहरुका निम्ति समर्पण गर्दै आउनु भएको छ । चौधरीसहित ६ वटा देशका सामाजिक अभियन्तालाई अमेरिकाले यो अवार्ड प्रदान गरेको छ ।।























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।