२०८३ कार्तिक ११ गते मङ्गलवार

आजको राशिफल

मेष राशि – महत्वपूर्ण कार्य सम्पन्न हुनेछ ।धर्मकर्ममा मन जाला । सामाजिक कार्यमा प्रेरित भइएला । मन प्रफुल्ल रहला । आर्थिक उन्नति होला । तपाईको आज प्रशंसा बढ्नेछ । 

वृष राशि –  आज दिन मध्यम फलदायी रहनेछ । कार्य गर्दा विशेष ध्यान दिदा उपर्युक्त रहनेछ । व्यवसाय राम्रो रहनेछ ।वित्तिय संस्थाबाट लाभ मिल्नेछ । 

मिथुन राशि – अधुरा कार्य पुन: सुचारु होलान् । वैदेशिक क्षेत्रमा मार्ग प्रसस्त रहला । आर्थिक उन्नति होला यात्रामा भने ख्याल गर्नु होला ।मालसामान हराउन सक्छ । चोटपटकको भए रहला । 

कर्कट राशि – धार्मिक एवं सामाजिक कार्यमा रुचि बढ्ला । अध्ययन अनुसन्धानमा मन जाला ।विश्लेषण क्षमता उच्च रहला । स्वास्थ्यमा भने अलिक ध्यान दिनु पर्ला । विपरित लिङ्गी प्रति आकर्षण बढ्नेछ । 

सिंह राशि – दिन रमाइलो संग बित्नेछ । प्रेमी प्रेमिका बिच सुमधुर सम्बन्ध कायम होला । पारिवारिक सद्भाव बढ्ला ।व्यवसायिक सफलता मिल्ला । पुराना समस्या अल्झनेछन् । 

कन्या राशि – आध्यात्मिक उर्जा बढ्नेछ ।कार्यमा सोचे अनुरूप सफलता प्राप्त नहोला । घरमा अतिथिलाई स्वागत गर्ने अवसर प्राप्त हुनेछ। तपाईको बोलीको प्रशंसा हुनेछ । 

तुला राशि – यात्रामा सामान चोरी हुन सक्छ ।अनावश्यक ठाउँमा धन खर्च हुनेछ । सामाजिक कार्यमा मन जाला । धार्मिक कृत्यमा सरिक भइएला ।  

वृश्चिक राशि – साहसिक निर्णयले कार्यक्षेत्रमा प्रगति दिलाउलान् । दोहोरो लाभ प्राप्त गर्न सकिएला । प्रेम सम्बन्ध कसिलो हुनेछ । नयाँ कार्यको योजना बन्नेछन् ।

 धनु राशि –  धर्मकर्ममा मन जाला । सामाजिक कार्यमा रुचि बढ्नेछ ।चिताएका कार्यले तिव्रता प्राप्त गर्ला आफन्त सँगको भेटघाटले मन प्रसन्न रहनेछ । 

मकर राशि – ठुलो लगानी गर्दा संयम हुनुहोला ।कार्यक्षेत्रमा नयाँ जिम्मेवारी सम्हाल्नु पर्ला ।धार्मिक कर्ममा मन जाला । बौद्धिक कार्यमा सफलता मिल्नेछ । स्वास्थ्यमा भने ख्याल राख्नु पर्ला । 

कुम्भ राशि – आफ्नै क्षमताले गरेको कार्य सफल हुनेछ । यात्रामा सहभागि बनिएला । स्वादिष्ट भोजन प्राप्त हुनेछ । कार्य सम्पादनमा भने समस्या आउनेछ । 

मीन राशि – मिष्ठान्न भोजन प्राप्त होला । बाणिद्वारा कार्य सम्पादनमा सहजता छाउला ।तपाईको परिश्रमको कदर हुनेछ । पारिवारिक सद्भावमा मिठास आउला । मित्र सहयोग प्राप्त होला । 

ज्योतिषाचार्य तथा वास्तु विद् माधवा शर्मा 
प्रकाशित मिति : २०८१ असोज २७ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।