२०८३ कार्तिक ११ गते मङ्गलवार

गुरुकुलका बसले तुलसीपुर र घोराहीमा निशुल्क यातायात सेवा प्रदान गर्ने

घोराही २६ असोज । गुरुकुल एकेडेमी दाङले निशुल्क यातायात सेवा प्रदान गर्ने भएको छ । विजयादशमीको अवसरमा सर्वसाधारणको लागि निशुल्क यातायात सेवा प्रदान गर्ने भएको हो । बडादशैको दिन सार्वजनिक सवारी साधन कम मात्रामा चल्ने र यात्रुको चाँप धेरै हुने भएकाले उनीहरूको सहजताका लागि समाजसँग गुरुकुल भन्ने नारा सहित विद्यालयले सर्वसाधारणको लागि निशुल्क रुपमा यातायात सेवा प्रदान गर्न लागेको गुरुकुल एकेडेमीका अध्यक्ष ई. अनन्तराज घिमिरेले जानकारी दिनुभएको छ ।

आज गुरुकुल एकेडेमी घोराहीबाट ३ वटा बस संचालन हुने छन भने तुल्सिपुरबाट २ वटा गरी जम्मा ५ वटा बसले निशुल्क रुपमा सेवा दिने छन । गुरुकुल एकेडेमी घोराहीका बसहरू घोराहीको तुलसीपुर चोक देखि नारायणपुरसम्म , तुलसीपुर चोक देखि गोग्लि सम्म र आर्मी ब्यारेक देखि दिपशिखा चोक सम्मको रुटमा चल्ने छन यो रुटमा यात्रा गर्ने यात्रुहरुले निशुल्क रुपमा सेवा लिन सक्ने विद्यालयले जनाएको छ । यसै गरी तुलसीपुरका बसहरू आँखा अस्पताल रक्षाचौर देखि शितलपुर सम्म र विद्युत कार्यालयदेखि दुधरास सम्मको रुटमा बस चल्ने गुरुकुल एकेडेमी तुलसिपुरका प्रधानाध्यापक मुकुन्द गिरीले जानकारी दिनुभयो । दिँउसो १ बजे देखि साँझ ५ बजे सम्म बसहरू संचालन हुनेछन ।

 

प्रकाशित मिति : २०८१ असोज २६ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।