२०८३ कार्तिक १२ गते बुधवार

काठमाण्डौमा मात्रै बाढीपहिरोमा परी २१ जनाको मृत्यु

काठमाण्डौं, १२ असोज ।  वर्षाजन्य विपद्मा परी काठमाण्डौ उपत्यकमा २१ जनाको मृत्यु भएको छ । अहिलेसम्म काठमाण्डौमा नौ, ललितपुरमा नौ र भक्तपुरमा तीन जनाको मृत्यु भएको हो । काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेका अनुसार वर्षाजन्य विपद्का घटनामा परी पाँच जना बेपत्ता भएका छन भने नौ जना घाइते भएका छन् । बाढीपहिरो तथा डुबानमा परेका सात सय २८ जनालाई उद्धार गरिएको उहाँले बताउनुभयो ।

बाढीपहिरोबाट काठमाण्डौमा चार घर भत्किएका छन भने दुई सय २६ घर डुबानमा परेका छन् । ललितपुर र भक्तपुरका धेरै घरमा पानी पसेको छ । विपद्का घटनाको उद्धार र राहत कार्यमा काठमाण्डौमा तीन हजार ६०, ललितपुरमा नौ सय ३० र भक्तपुरमा एक सय २० जना नेपाल प्रहरीको जनशक्ति खटिएको उपत्यका प्रहरीका कार्यालयका प्रवक्ता घिमिरेले जानकारी दिनुभयो ।।

प्रकाशित मिति : २०८१ असोज १२ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।