सर्लाही, १० असोज । सर्लाहीमा गएराति श्रीमानले हानेको गोली लागेर श्रीमतीको मृत्यु भएको छ भने उहाँका बुबा घाइते भएका छन् । हरिपुर्वा नगरपालिका–५ घर भएका ३० वर्षीय धीरेन्द्र रायले हानेको गोली लागेर श्रीमती २५ वर्षीया चित्रलेखा रायको घटनास्थलमा नै मृत्यु भएको हो ।
गोली लागेर बुवा ५३ वर्षीय दिनेश राय घाइते भएको प्रहरीले जनाएको छ । घाइतेको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ । धीरेन्द्र केही दिनअघि मात्रै वैदेशिक रोजगारीबाट घर फर्किएका थिए । उनी फरार रहेको र खोजी भइरहेको प्रहरीले जनाएको छ ।।
प्रकाशित मिति : २०८१ असोज १० गते बिहिवार

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।