२०८३ कार्तिक १२ गते बुधवार

घरमा चटयाङ पर्दा छोराको मृत्यु , आमा र छोरी घाइते

तुलसीपुर, ९ असोज । दाङमा चटयाङ लागेर एक जना बालकको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–११ खुङकोट निबासी  ३ वर्षका बालक  समिर साहु रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएकाे छ । चटयाङ लागेर मृतक बालककी आमा ४२ वर्षकी निमकली साहु र दिदी ६ वर्षकी सविना साहु घाइते हुनुभएको छ ।

घाइते दुबै जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । मंगलबार दिउसो साढे ३ बजे एकतले कच्चि घरमा चट्याङ परेपछि घाइते  भएका ३ जनालाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा लगिएको थियो । घाइते मध्य बालकको उपचारका क्रममा बिहान साढे ८ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।

 

प्रकाशित मिति : २०८१ असोज ९ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।