२०८३ कार्तिक १२ गते बुधवार

दशैँका लागि अग्रिम टिकट असोज १२ गतेदेखि खुल्ने

काठमाण्डौं, ८ असोज ।  दशैँका लागि सार्वजनिक गाडीको अग्रिम टिकट बुकिङ यही असोज १२ गते शनिवारदेखि खुल्ने भएको छ । यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलको नेतृत्वमा बसेको आजको बैठकले अग्रिम टिकट बुकिङको मिति तय गरेको नेपाल राष्ट्रिय यातायात व्यवसायी महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले उज्यालोलाई जानकारी दिनुभयो । दशैँका लागि कति वटा गाडी चलाउने भन्नेबारे यातायात व्यवसायी महासङ्घले केही दिनमा निर्णय गर्ने उहाँले बताउनुभयो ।

यसअघि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आयोजना गरेको बैठकमा घटस्थापना अगाडि नै सडकका खाल्डाखुल्डी पुरेर सुरक्षित पार्ने, चाडबाडपछि भाडा समायोजन गर्नेसहितका सहमति भई अग्रिम बुकिङ खुलाउने निर्णय भएको थियो । यस वर्षको दशैँ यही असोज १७ गते बिहीवारदेखि शुरू हुँदैछ । दशैँको मुख्य दिन विजयादशमी असोज २६ गते शनिवार परेको छ ।।

प्रकाशित मिति : २०८१ असोज ८ गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।