२०८३ कार्तिक ११ गते मङ्गलवार

पत्रकार महासंघको कार्यबाहक अध्यक्ष विष्टद्वारा राजीनामा

दाङ ४ असोज। नेपाल पत्रकार महासंघका कार्यबाहक अध्यक्ष रमेश विष्टले पनि पदबाट राजीनामा दिनुभएको छ । विष्टले उपाध्यक्ष बाला अधिकारी र महासचिव रोशन पुरीलाई बोधार्थ दिँदै शुक्रबार पदबाट राजिनामा दिनुभएको हो । यसअघि निवर्तमान अध्यक्ष विपुल पोखरेलले पनि गत भदौ २४ गते निर्वाचनको मुखमै पदबाट राजिनामा दिनुभएको थियो । महासंघको निर्वाचन समितिले प्रकाशन गरेको पछिल्लो कार्यतालिका अनुसार आज शुक्रबारदेखि मनोनयन दर्ता गर्नुपर्ने थियो । तर सदस्यता विवाद समाधान हुन नसकेपछि कार्यबाहक अध्यक्ष विष्टले पनि आज राजिनामा पेश गर्नुभएको हो । राजीनामा पत्रमा कार्यबाहक विष्टले लेख्नुभएको छ, “विधानअनुसार महासघको सदस्यताको फारम नभरेका, शुल्क नबुझाएका, पत्रकारिता क्षेत्रमा रहेको प्रमाण पेश नगरेका, जिल्ला र प्रदेश समितिबाट सिफारिस नभएका करिब साढे ४ सय व्यक्तिका विषयमा जिल्ला अध्यक्षहरुले प्रश्न उठाएका छन् ।”  “२०८१ असोज १२ गते तोकिएको निर्वाचन हुन नसकेकोसहित महासंघबाट भएका सबै कमजोरीहरुको नैतिक जिम्मेवारी लिदैं कार्यबाहक अध्यक्षबाट राजीनामा दिएको छु” राजीनामा पत्रमा उल्लेख छ ।।

प्रकाशित मिति : २०८१ असोज ४ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।