२०८३ कार्तिक ११ गते मङ्गलवार

आजको राशिफल 

मेष राशि – आज बोल्दा ख्याल गर्नु होला | शत्रु विजय हुनेछन् । यात्रामा कष्ट रहला । आफन्तको सहयोग पाइने छैन । खर्च अनावश्यक होला ।  वृष राशि –  समयको सदुपयोग हुनेछ । निर्णयात्मक क्षमता बढ्नेछ । वैदेशिक कार्य सफल हुनेछन् ।  मिथुन राशि – साथीभाइको सहयोगले कार्य सम्पादनमा सहजता होला । तपाईँको लगनशीलताको प्रशंसा हुनेछ ।  कर्कट राशि – मिष्ठान्न भोजन प्राप्त होला । सुखद् यात्रा होला ।अरुको मन जित्न सक्ने समय छ ।  सिंह राशि – चोटपटक लाग्छ सक्छ सचेत रहनु होला । वाहनादि बाट यात्रा गर्दा विशेष ख्याल गर्नु होला । आफूले गरेको निर्णय आफैलाई भारी पर्ला ।  कन्या राशि – आशा मारिएका कार्यमा सफलता पाईएला ।मन प्रसन्न रहला । दाम्पत्य सुख प्राप्त होला । तपाईँको प्रशंसा हुनेछ । तुला राशि –  सामाजिक कार्यमा मन जाला ।शैक्षणिक क्षेत्र सफल होलान् ।रोकिएका कार्य पुन: सुचारु होलान् ।  वृश्चिक राशि – नयाँ नयाँ ज्ञान हासिल गर्न सकिने दिन रहेको छ । सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्ला ।आफ्नो प्रभुत्व जमाउन सकिने छ ।  धनु राशि – झमेलामा परिएला । परिवारमा समस्या आउला । सामान्य कार्यमा विवादित बन्नु पर्ला । अधिकार प्राप्तको लागि सङ्घर्ष गर्नु पर्ला ।  मकर राशि – आर्थिक पक्ष बलियो होला । रोकिएको धनागमन होला । प्रतिस्पर्दामा सफल भइएला ।  कुम्भ राशि – नयाँ नयाँ व्यक्‍तिसँगको भेटघाटले महत्वपूर्ण कार्य पूर्ण हुनेछ । अवसरहरू प्रशस्तै प्राप्त होलान् । यात्रामा आनन्द लिने दिन रहेको छ ।  मीन राशि – राजनीतिक तथा वैदेशिक कार्यमा सफलता मिल्ला । विपरित लिङ्गको सहयोगले कार्यमा सहजता होला । यात्रामा एवं स्वास्थ्यमा भने ख्याल राख्नुहोला ।  आजको वास्तु टिप्स :- पितृ खुसी बनाउन के गर्ने ? – काग ,कुकुर ,गाई , कमिलालाई दैनिक भोजन खुवाउने । – घरको सरसफाइमा ध्यान दिने । – घरका अग्रजको सम्मान गर्ने । – अत्यन्त दुःखीलाई भोजन खुवाउने । – भगवान् र पितृका फोटा सँग नराख्ने । -प्रत्येक औंसीमा  दक्षिण दिशा फर्केर तर्पण दिने पितृहरूलाई सम्झेर दियो बालिदिने । ज्याेतिषि – माधवा शर्मा ( आचार्य सिद्दान्त ज्याेतिष ) फाेन नं ९८४८०६०७९९  

प्रकाशित मिति : २०८१ असोज ४ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।