२०८३ कार्तिक ११ गते मङ्गलवार

तुलसीपुर १० पड्ढामा दर्जन बढी घरमा पानी पस्यो

तुलसीपुर, २८ भदौ । तुलसीपुर उपमहानगरपालिका १० पड्ढामा गएराती घरमा पानी बस्दा अन्नपातमा क्षति पुगेको छ । पड्ढाका करिब एक दर्जन बढी घरमा पानी पस्दा केही अन्नपातमा क्षति पुगेका हो । घरदेखि माथि, छेउछाउबाट बग्ने कुलाको पानी र आकासबाट परेको पानी बग्ने ठाउँ नभएर घरमा पसेको स्थानियले बताएका छन् । कतिपयले रात भरी जाग्राम बसेर घरमा पानी पस्न नदिनका लागि बाँध बाँधेको बताएका छन् ।

रात भरी जाग्राम बसेर घरमा पानी पस्न नदिएको लक्ष्मण चौधरीले बताउनु भयो । ‘रातभरी जाग्राम बसेर घर त बचाए तर गोठ भने बचाउन सकिएन’ उहाँले भन्नु भयो । गोठ र भान्सामा पानी पस्दा गोठमा रहेका बाख्राहरुलाई समस्या भएको बताउनु भयो । यस्तै कालुराम चौधरीले रातभरी जाग्राम बसेपनि घरमा पस्ने पानीलाई रोक्न नसकेको बताउनु भयो । ‘घरमा पानी पसेर खेत जोतेको जस्तै घर भएको छ, धन्न समयमा थाहा पाएर समयमै पानीको व्यवस्थापन ग¥यार्’ैँ उहाँले भन्नुभयो । यस्तै गरीे निर्मल चौधरी, मान बहादुर चौधरी, दिपा चौधरी लगायत दर्जन बढी घरमा पानी पसेको थियो । घर र घरमा राखिएका सामानमा क्षति प¥ुयाएपनि मानवीय क्षति भने नभएको स्थानियले बताएका छन् ।।

प्रकाशित मिति : २०८१ भाद्र २८ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।