काठमाण्डौं, २३ भदौ । जाजरकोटको बारेकोट गाउँपालिका–६ धुमामा पहिरो खस्दा दुईजना पुरिएर वेपत्ता भएका छन् । बारेकोट गाउँपालिका–६ की वडा सदस्य प्रेमकुमारी चलाउने र उहाँका श्रीमान् मानबहादुर चलाउने पुरिएको वडाध्यक्ष डम्बरबहादुर महताराले जानकारी दिनुभयो ।
पुरिएका चलाउने दम्पतीको उद्धारमा स्थानीय प्रहरी जुटेको भए पनि सफलता प्राप्त नभएको उहाँले बताउनुभयो । गएराति २ बजे खसेको पहिरोमा पुरिएकी चलाउनेकी ११ वर्षीया छोरी सम्झनाको घाइते अवस्थामा उद्धार गरी अस्पताल पुर्याएको छ ।।
प्रकाशित मिति : २०८१ भाद्र २३ गते आइतवार

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।