२०८३ कार्तिक ११ गते बुधवार

तुलसीपुरमा थारु समुदायको संस्कृतिसँग जोडिएका चित्र बनाउन सिकाइदै

तुलसीपुर,२१ भदौ । दाङको तुलसीपुर उपमहानगरपालिका १५ मा रहेको थारु मातृ भाषी आधारभूत विद्यालयलले बालबालिकालाई हस्तनिर्मित चित्र बनाउन सिकाउने गरेको छ । भाषा, संस्कृति संरक्षणसँगसँगै थारु समुदायका चाडपर्वमा बनाउने चित्रहरु पनि बनाउन सिकाउने गरेको विद्यालयले जनाएको छ । पछिल्लो समय हस्तनिर्मित चित्रहरु लोप भइरहेको अवस्थामा यसको संरक्षण गर्न र नयाँ पुस्तामा पुस्तान्तरण गर्न सहज होस् भन्ने उद्देश्यले यस्तो कार्यक्रम संचालन गरिएको विद्यालयका प्रधानाध्यापक किरण चौधरीले जानकारी दिनुभयो ।

सोही क्रममा विद्यालयमा थारु समुदायको विभिन्न गाउँगाउँमा बनाइने श्रीकृष्ण जन्माष्टमीको हस्तनिर्मित चित्र बनाउन सिकाइएको छ । श्रीकृष्ण जन्माष्टमीमा भित्तामा बनाइने हस्तनिर्मित चित्रले दिने सन्देश एउटै भएपनि आकृति भने केही फरक हुने बताउदै थारु अनुसन्धाता तथा थारु मातृ भाषी विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रोहित कुमार चौधरीले जानकारी दिनुभयो । विभिन्न गाउँगाउँबाट चित्रहरु संकलन गरेर ल्याइ विद्यार्थीलाई बनाउन दिइएको हो । उत्कृष्ट चित्र बनाउने बालबालिकालाई प्रोत्साहन स्वरुप पुरस्कार समेत प्रदान गरिएकाउहाँको भनाई छ ।।

प्रकाशित मिति : २०८१ भाद्र २१ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।