२०८३ कार्तिक १२ गते बुधवार

पोखरीमा डुबेर ३ बालकको मृत्यु

धनुषा, २० भदौ ।  धनुषामा पोखरीमा डुबेर ३ बालकको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा १० वर्षीय आदित्यकुमार साह, ९ वर्षीय आयुष साह र १४ वर्षीय सुशान्त साह रहेको प्रहरीले जनाएको छ । मावलीघरमा भोज खान गएका उनीहरुको धनुषाको लक्ष्मीनिया गाउँपालिका–७ मा रहेको पोखरीमा डुबेर हिजो बेलुकी मृत्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक सोनुकुमार साहले जानकारी दिनुभयो ।

मावलीतर्फका हजुरबुवा महावीर साहको घरमा भोज खान गएका बालकहरू नजिकैको पोखरीमा पौडी खेल्न जाँदा डुबेको आशङ्का गरिएको छ । मृतक बालकहरू महावीरका तीनवटा छोरीका छोरा रहेको प्रहरीको भनाइ छ । तीनै जनाको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।।

प्रकाशित मिति : २०८१ भाद्र २० गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।