२०८३ कार्तिक १२ गते बुधवार

हेलिकप्टर दुर्घटनामा परी १७ जनाको मृत्यु

काठमाडौं, १७ भदौ ।  रुसी एमआई–८ हेलिकप्टर कामचाटका प्रायद्वीपमा दुर्घटनाग्रस्त भएपछि १७ जनाको शव फेला परेको रुसी आपतकालीन अवस्था मन्त्रालयले जनाएको छ । रुसको फेडरल एयर ट्रान्सपोर्ट एजेन्सीको प्रारम्भिक तथ्याङ्कअनुसार शनिवार १९ पर्यटक र चालक दलका तीन सदस्यसहितको हेलिकप्टर बेपत्ता भएको थियो ।

अघिल्लो दिन आपतकालीन अवस्था मन्त्रालयले हेलिकप्टर दुर्घटना भएको पुष्टि गर्दै घटनास्थलमा खोजी कार्य जारी रहेको बताएको थियो ।।

प्रकाशित मिति : २०८१ भाद्र १७ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।