२०८३ कार्तिक १२ गते बुधवार

६ महिनामा ३७ हजारभन्दा धेरै मानिस घरमा एक्लै मृत भेटिए

काठमाडौं, १६ भदौ ।  जापानमा पछिल्लो ६ महिनामा ३७ हजार जना भन्दा धेरै मानिस घरमा एक्लै मृत फेला परेका छन् । जापान प्रहरीले सार्वजनिक गरेको प्रतिवेदनअनुसार ६ महिनामा ३७ हजार दुई सय २७ जना आफ्नै घरमा एक्लै मृत फेला परेका हुन् ।

मृतकमध्ये ७० प्रतिशतभन्दा धेरै ६५ वर्ष माथिका रहेका छन् । जापानमा बृद्धबृद्धाहरुको सङ्ख्यासँगै घरमा एक्लै बस्ने र एक्लै ज्यान जानेको दर बढिरहेको जापानी प्रहरीको प्रतिवेदनमा उल्लेख छ । जापानमा बृद्धावस्थासँगै एक्लोपन गम्भीर समस्याका रुपमा देखा परेको छ ।।

प्रकाशित मिति : २०८१ भाद्र १६ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।