२०८३ कार्तिक १२ गते बुधवार

करेन्ट लागेर २ जनाको मृत्यु

काठमाडौँ, १६ भदौ । विभिन्न जिल्लामा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ । सुनसरी र बारामा करेन्ट लागेर २ जनाको मृत्यु भएको हो । सुनसरीको रामधुनी नगरपालिका–४ एकराई घर भएका ५० वर्षीय पाचु उराउको करेन्ट लागेर शनिबार दिउँसो मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका–२ स्थित निर्माणाधीन घरमा वाईरिङको काम गर्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको हो ।

त्यस्तै बाराको जितपुर सिमरा उपमहानगरपालिका–७ जितपुर डेरा गरी बस्ने पर्साको वीरगंज महानगरपालिका–३१ केहुनिया घर भएका १८ वर्षीय राजन पटेलको करेन्ट लागेर शनिबार राती मृत्यु भएको छ । सोही ठाउँस्थित विद्युतीय मोटर जडान भएको कलबाट पानी चलाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको वीरगंजस्थित नारायणी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भैरहेको जनाएको छ ।।

प्रकाशित मिति : २०८१ भाद्र १६ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।