२०८३ कार्तिक ११ गते बुधवार

लुम्बिनी प्रादेशिक अस्पतालको शिलान्यास

तुलसीपुर,१५ भदौ । लुम्बिनी प्रदेश सरकारको मुख्य गौरवको आयोजनाको रूपमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालको शिलान्यास भएको छ । अस्पताल भवनको आज बिहान उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र मुख्यमन्त्री चेतनारायण आचार्यले शिलान्यास गर्नुभएको हो । छ अर्ब १८ करोड ७५ लाख रुपैयाँको लागतमा बन्ने अस्पताल १२ तलाको हुनेछ ।लुम्बिनी प्रादेशिक अस्पतालको निर्माण प्रदेश पूर्वाधार विकास प्राधिकरण मार्फत शुरु भएको हो । सरकारीस्तरमा एउटै अस्पतालमा १२ सय शय्या नभएकोले यो नै देशको सबैभन्दा ठूलो अस्पताल हुने प्रदेश स्वास्थ्य मन्त्रालयको दाबी छ । दुई वटा भवन र त्यसका उपकरण, आन्तरिक व्यवस्थापनमा सरकारले आठ अर्ब ९९ करोड ७५ लाख ६४ हजार रुपैयाँ लागत अनुमान गरेको छ ।

भवनको निर्माणको लागि प्रदेश पूर्वाधार विकास प्राधिकरणले भारतीय निर्माण कम्पनी क्याप साइट आशिष रेलिग्रेट भेन्चर र नेपाली कम्पनीसँग गएको पुस २६ गते ठेक्का सम्झौता गरेको थियो । २०८५ सालको पुससम्ममा भवन निर्माणको काम सम्पन्न गरिसक्नुपर्ने सम्झौतामा उल्लेख छ । २०१६ सालमा निर्माण गरिएको भवन जिर्ण बनेपछि अत्याधुनिक सेवासुविधासहितको भवन निर्माण गर्न लागिएको प्राधिकरणले जनाएको छ । प्रदेश सरकारले लुम्बिनी प्रादेशिक अस्पतालको लागि चालू आर्थिक वर्षको लागि एक अर्ब ८० करोड रुपैयाँ बजेट बिनियोजन गरेको छ । भवनमा बहिरङ्ग सेवा, आपतकालीन सेवा, इनडोर सर्भिस कक्ष रहनेछन् । त्यस्तै ग्याष्ट्रो, न्यूरो, कार्डियोलोजी लगायतका सबै विशेषज्ञ सेवा एउटै भवनबाट सञ्चालन हुने छन् । भवनको छतमा हेलिप्याड बनाउने र हेलिप्याडबाट सिधै इमर्जेन्सी कक्षमा आउजाउ गर्न मिल्ने व्यवस्थित लिफ्टकोसमेत डिजाइन भएको छ ।

प्रकाशित मिति : २०८१ भाद्र १५ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।