सुर्खेत, ११ भदौ । सुर्खेतमा सरकारी मोटरसाइकलको ठक्करबाट घाइते भएका एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका–१०, रहरपुरका ४० वर्षीय चैते थारु रहेका छन् । सोही वडाको घुस्रा नजिकै भित्री सडकमा बा २ ब ६४७६ नम्बरको सरकारी मोटरसाइकलले उहाँलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव निरीक्षक वीरेन्द्र वीर विश्वकर्माले जानकारी दिनुभएको छ । उहाँको टाउको र आँखामा गहिरो चोट लागेको थियो । प्रहरीका अनुसार मोटरसाइकल हुम्लाको एक सरकारी कार्यालयको रहेको बुझिएको छ ।
उक्त मोटरसाइकल हुम्लाको अदानचुली गाउँपालिका–२, का २३ वर्षीय धीरेन्द्र बुढाले चलाएको पाइएको छ । यद्यपि उनी सरकारी कर्मचारी भने नरहेको प्रहरीले जनाएको छ । प्रहरी नायव निरीक्षक विश्वकर्माका अनुसार कसैले हुम्ला खानेपानी कार्यालयको भनेपपनि अझै यकिन नभएको र अनुसन्धान भइरहेको छ । राष्ट्रिय सडक सञ्जाल नजोडिएका हुम्लामा सरकारी मोटरसाइकल किनेर सुर्खेतमा चलाउँदै आएको अनुमान प्रहरीको छ । तर कर्मचारी नै नभएको व्यक्तिले कसरी सरकारी मोटरसाइकल प्रयोग गरे ? यो अनुसन्धानको विषय बनेको र उहाँलाई पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।