२०८३ कार्तिक १२ गते बुधवार

सर्पको टोकाईबाट ३ जनाको मृत्यु

काठमाण्डौं, ९ भदौ ।  सर्पले डसेर कैलाली र डोटीमा गरी तीन जनाको मृत्यु भएको छ । कैलालीको गौरीगङ्गा नगरपालिका–७ महुलिया गाउँमा हिजो सुतिरहेको अवस्थामा सर्पको टोकाइबाट ५ वर्षीया बालिका लिजा घर्ती र ६ वर्षीया काजल घर्तीमगरको मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै डोटीमा पनि सर्पले डसेर एक महिलाको मृत्यु भएको छ । आदर्श गाउँपालिका–१ की २८ वर्षीया निर्मला खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले सर्पको डसाइबाट विरामी भएकी खड्काको जिल्ला अस्पतालमा उपचारका क्रममा हिजो बेलुका मृत्यु भएको हो । सर्पले डसेपछि अन्तिम अवस्थामा मात्रै अस्पताल लैजाने प्रवृत्तिले सर्पको टोकाइका बिरामीको मृत्यु हुने गरेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी किशोर श्रेष्ठले बताउनुभएको छ ।।

प्रकाशित मिति : २०८१ भाद्र ९ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।