तुलसीपुर, ७ भदौ । दाङको तुलसीपुरमा टिप्पर दुर्घटना भएको छ । रोल्पाबाट सल्यान हुदै तुलसीपुर-घोराहीका लागी छुटेको रा १ क १२३८ नम्बरको टिप्पर तुलसीपुर–३ सात्तले नजिकै आज दिउँसो पौने ३ बजेको समयमा अनियन्त्रित भई सडकबाट खसेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।
उहाँका अनुसार टिप्पर सडकबाट करिब १ सय मिटर तल खसेको छ । अहिले घटनास्थलमा अस्थायी प्रहरी पोष्ट गोटिखोलाबाट प्रहरी खटिएको छ । चालक भने सम्पर्क बिहिन रहेकाले खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।।

प्रकाशित मिति : २०८१ भाद्र ७ गते शुक्रवार

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।