दैलेख, ७ भदौ । दैलेखमा जन्मदर्ता प्रमाणपत्र बनाउने प्रक्रियामा झन्झट थपेको भन्दै वडासचिवमाथि कुटपिट र दुर्व्यवहार गर्ने व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही वडाका २३ वर्षीय हिक्मत शाही ठकुरी रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक सत्यनारायण चौधरीले जानकारी दिनुभयो । प्रहरीका अनुसार चामुण्डाबिन्द्रासैनी नगरपालिका–४ का वडासचिव गोपीप्रसाद जैसीलाई कुटपिट गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो ।
उनले अहिलेसम्म किन जन्मदर्ता नबनाएको भन्ने विषयमा वडाका जनप्रतिनिधिसमेतको रोहबरमा सर्जिमिन मुचुल्का बनाउनुपर्छ भनेपछि आफूमाथि कुटपिट भएको वडासचिव जैसीले बताउनुभयो । जाँड–रक्सी खाएर आएका व्यक्तिले कर्मचारीमाथि कुटपिट र दुर्व्यवहार गरेको चामुण्डाबिन्द्रासैनी नगरपालिका–४ का वडाध्यक्ष भक्तबहादुर शाहीले बताउनुभएको छ ।।
प्रकाशित मिति : २०८१ भाद्र ७ गते शुक्रवार

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।