काठमाडौं, ४ भदौ । अर्घाखाँचीको सिमलपानीमा पहिरोले गोठ पुरिँदा एक जनाको मृत्यु भएको छ । अविरल वर्षाका कारण शितगंगा नगरपालिका–१३ सिमलपानीको भङ्गलामा गोठमाथिबाट खसेको पहिरोले पुरिएर ३५ वर्षीय विष्णु थापाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरीक्षक रविन्द्र चन्दले जानकारी दिनुभयो ।
बिहानको समयमा पशुचौपाया फुकाएर बाहिर ल्याउन गोठमा गएका थापालाई घरमाथिबाट खसेको पहिरोले पुरेको थियो । गोठमा एउटा पाडो, दुई वटा बाख्रा र १५ वटा कुखुरासमेत च्यापिएर मरेको प्रहरीले जनाएको छ ।।
प्रकाशित मिति : २०८१ भाद्र ४ गते मङ्गलवार

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।