२०८३ कार्तिक १२ गते बुधवार

दाङमा एक पुरुष मृत फेला

तुलसीपुर, ३ भदौ । दाङमा एक पुरुष मृत अबस्थामा फेला परेका छन् । मृत फेला पर्नेमा बबई गाउपालिका– ३ निवासी इन्द्र बहादुर भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक राम प्रसाद तिमल्सिनाले जानकारी दिनुभयो ।

शनिबार घरबाट हापुरे बजार जान्छु भन्दै हिडेका भण्डारी शान्तिनगर गाउँपालिका–४ स्थित पातेटाकुराको एकली खोलामा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । दिउसाे साढे १२ बजे स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । हापुरे हिडेका व्यक्ती शान्तिनगरको एकली खोलामा मृत भेटिएपछि आफन्तले घटनालाई रहस्यमय भनेका छन् । मृतकको शवलाई पोष्टमार्टमाका लागि राप्ती प्रादेशीक अस्पताल तुलसीपुरमा लगिएको छ ।

प्रकाशित मिति : २०८१ भाद्र ३ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।