२०८३ कार्तिक १२ गते बुधवार

तुलसीपुरबाट चोरी भएको मोटरसाइकलसहित ४ जना पक्राउ

तुलसीपुर, ३ भदौ ।  दाङको तुलसीपुरबाट चोरी भएको मोटरसाइकल भेटिएको छ । मोटरसाइकलसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा १ जना मोटरसाइकल ग्यारेज सञ्चालक र ३ जना चोरीमा संलग्न व्यक्ती रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । पक्राउ परेकाहरुको नाम भने प्रहरीले गोप्य राखेको छ । तुलसीपुर–८ अस्वारास्थित अन्नपुर्ण टोल निवासी जित बहादुर भण्डारीको रा ८ प ३३५८ नम्बरको (रातो कालो) रङको टु–ट्वान्टी पल्सर मोटरसाइकल चोरी भएको थियो ।

हिजो आइतबार साँझ ७ बजेको समयमा घरको ब्राण्डमा पार्कीङ गरी राखेको मोटरसाइकल आज बिहान ४ बजे उठेर हेर्दा नदेखेपछी चोरी भएको भन्दै प्रहरीमा निवेदन दिइएको थियो । खोजतलास गर्दै जादा तुलसीपुर–१५ को पहरुवा भन्ने स्थानमा सबै पाटपुर्जाहरु खोलेको अवस्थामा मोटरसाइकल भेटिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक दामप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । सवारी धनिले जाहेरी दिएपछी पक्राउ परेका माथी चोरी कुसरमा मुद्धा चलाइने उहाँले बताउनुभएको छ ।।

प्रकाशित मिति : २०८१ भाद्र ३ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।