तुलसीपुर, ३ भदौ । दाङको तुलसीपुरमा मोटरसाइकलको ठक्करबाट एक बालक घाइते भएका छन् । घाइते हुनेमा तुलसीपुर–२ खैरीपुर निवासी कमला रेउलेका ८ वर्षीय छोरा सौरभ रेउले रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो । उहाँका अनुसार तुलसीपुरबाट पश्चिमतर्फ जादै गरेको नम्बर नखुलेको मोटरसाइकलले तुलसीपुर–५ बसपार्क नजिकै पैदल हिडिरहेका बालकलाई आज दिउँसो पौने ४ बजेको समयमा ठक्कर दिदा दुर्घटना भएको हो । दुर्घटनामा परी घाइते भएका बालकको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।।
प्रकाशित मिति : २०८१ भाद्र ३ गते सोमवार
























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।