२०८३ कार्तिक १२ गते बुधवार

पहिरोमा परि चार जनाको मृत्यु, पाँच जनाको उद्धार

काठमाडौं, ३ भदौ ।  बझाङको बुङ्गल नगरपालिका–१० स्थित टुमेडामा पहिरो जाँदा बेपत्ता भएका चारै जनाको शव फेला परेको छ । गए राति १ बजेतिर घरमाथिबाट गएको पहिरोमा परि बेपत्ता भएका काली धामी, गोल्की धामी, आसिका धामी, लक्ष्मी धामीको शव भेटिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ  ।

स्थानीय बासिन्दा र प्रहरीले बिहान चारै जनाको शव पहिरोले पुरेको घरभित्रबाट निकालेको हो । पहिरो जाने बित्तिकै गाउँलेले बिरा धामी, उज्जवल धामी, रोशन धामी, कमला धामी र शान्ति धामीको उद्धार गरेका थिए । पहिरोले घर पूर्ण रुपमा भत्काएको छ ।।

प्रकाशित मिति : २०८१ भाद्र ३ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।