तुलसीपुर, ३ भदौ । दाङको तुलसीपुर–८ अस्वाराबाट मोटरसाइकल चोरी भएको छ । अस्वारास्थित अन्नपुर्ण टोल निवासी जित बहादुर भण्डारीको रा ८ प ३३५८ नम्बरको टु–ट्वान्टी पल्सर (रातो कालो) रङको मोटरसाइकल चोरी भएको हो । हिजो आइतबार साँझ ७ बजेको समयमा घरको ब्राण्डमा पार्कीङ गरी राखेको मोटरसाइकल आज बिहान ४ बजे उठेर हेर्दा नदेखेपछी चोरी भएको थाहा पाएको मोटरसाइकल धनी भण्डारीले बताउनुभयो ।
घरदेखी झण्डै ५० मिटरको दुरीमा लगेर मोटरसाइकलको लक तोडिएको फेला परेको उहाँले बताउनुभयो । मोटरसाइकल खोजीका लागी प्रहरीमा निवेदन समेत दिएको उहाँले बताउनुभयो । यता इलाका प्रहरी कार्यालय तुलसीपुरले भने मोटरसाइकलको खोजी कार्य भइरहेको जनाएको छ ।।
प्रकाशित मिति : २०८१ भाद्र ३ गते सोमवार

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।