२०८३ भाद्र १२ गते शुक्रवार

तुलसीपुरमा खुला पुरुष भलिबल प्रतियोगिता हुने

 

तुलसीपुर, २३ श्रावन । दाङको तुलसीपुरमा खुला पुरुष भलिबल प्रतियोगिता २०८१ हुने भएको छ । फेलोसिप ट्रेनिङ सेन्टर तुलसीपुर दाङको आयोजनामा अरनिको खेल मैदान तुलसिपुरमा संचालन हुने प्रतियोगिता आउदो भदौ १३ गते देखि सुरु हुनेछ । नेपालको राष्ट्रिय खेल भलिबलको बिकास र प्रवर्द्धन संगै प्रतिभावान खेलाडीको पहिचान र बिकासमा टेवा पु¥याउने मुख्य उदेश्यका साथ आयोजना गरिएको प्रतियोगितामा दाङ लगाएत अन्य जिल्लाका १५ बढी टिमको सहभागिता रहने आयोजक फेलोसिप ट्रेनिङ सेन्टरका संचालक राजु यरिले जानकारी दिनुभयो ।

३ दिन सम्म चल्ने प्रतियोगिताको बिजेता टिमले नगद ५० हजार, कप, मेडल तथा प्रमाणपत्र हात पार्नेछ । त्यस्तै उपविजेता र तृतीय स्थान हासिल गर्ने टिमलाई क्रमशः नगद ३० हजार र १५ हजार रुपैयाँ, कप,मेडल तथा प्रमाणपत्र प्रदान गरिने यरिले बताउनुभयो । त्यस्तै प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने ब्यक्तिगत बिधा तर्फका खेलाडीलाई पुरस्कृत गरिनेछ ।

जसअनुसार बेष्ट प्लेयर, बेष्ट सेटर, वेष्ट सर्भर, वेष्ट स्पाइकर र वेष्ट लिब्रो लाई ट्रफि तथा प्रमाणपत्र प्रदान गरिनेछ । यसैबीच आयोजक फेलोसिप ट्रेनिङ सेन्टर तुलसिपुरले प्रतियोगिताको तयारी लाई तिब्र पारेको जानकारी दिएको छ ।।

प्रकाशित मिति : २०८१ साउन २३ गते बुधवार
प्रतिक्रिया