काठमाडौँ,२१ श्रावन । गत १ वर्षमा जनावरको आक्रमणमा परेर ४४ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणकाअनुसार पोहोरको साउनदेखि अहिलेसम्म बाघ, हात्ती, चितुवालगायत जनावरको आक्रमणबाट ४४ जनाको मृत्यु भएको हो । जसमा सबैभन्दा धेरै हात्तीको आक्रमणबाट मानिसको मृत्यु भएको छ । दोस्रोमा भने बाघको आक्रमणबाट मानिसको मृत्यु भएको छ । गत एक वर्षमा मात्रै बाघको आक्रमणबाट ८ जनाको मृत्यु भएको छ ।
एक वर्षमा बाघ आक्रमणका डेढ सयभन्दा बढी घटना भएका छन् । यो वर्ष गएको शुक्रबार मात्रै पनि कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–२ मा बाघको आक्रमणबाट २३ वर्षिय हिरादेवी साहको मृत्यु भएको थियो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी श्यामकुमार साहले प्राकृतिक वासस्थानमा डुबान हुनु, चरण क्षेत्रमा आहारा प्रजाति नपाउँदा आहारको खोजीमा वन्यजन्तु बाहिर निस्कन थालेको बताउनुभयो । वन्यजन्तु प्राकृतिक वासस्थानबाट बाहिर निस्कदा क्षति बढ्न थालेको उहाँको भनाइ छ ।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।