२०८३ कार्तिक ११ गते मङ्गलवार

दाङमा श्रीमानको रड प्रहारबाट श्रीमतीको हत्या

दाङ, १४ श्रावन । दाङमा श्रीमानले रड प्रहार गरि श्रीमतीको हत्या गरेका छन् । राजपुर गाउँपालिका १ रसरी बस्ने बर्ष ३८ को गणेश घर्तीले आफ्नै श्रीमती ३७ बर्षिय बसन्ती घर्ती माथि रड प्रहार गरि हत्या गरेको इलाका प्रहरी कार्यालय गढवाले जानकारी दिएको छ । शनिबार राति ९ बजे खाना खाएर सुतिरहेका बेला श्रीमानले श्रीमतीको हत्या गरेको प्रहरीले बताएको छ । सधैँ मादकपदार्थ सेवन गरि झगडा गरिरहने भएकोले सो हत्या भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

सोमबार बिहान ९ः३० बजेसम्म उनीहरुको घरको ढोका नखुलेको देखेपछि स्थानियले बेला प्रहरी चौकीमा खवर गरे पश्चात सो चौकीबाट प्रहरी वरिष्ठ नायव निरिक्षक उज्ज्वल शाहको कमाण्डमा २ जना र इलाका प्रहरी कार्यालय गढवाबाट प्रहरी निरिक्षक कालिका कार्कीको कमाण्डमा ५ जनाको टोलीले उक्त घरको ढोका खोली हेर्दा श्रीमानले श्रीमतीको टाउकोमा फलामको रडले हानी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ । फलामको रड र निज गणेश घर्तीलाई सोही कोठाबाट नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।।

प्रकाशित मिति : २०८१ साउन १४ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।