नगर प्रमुख अधिकारीले गरे अस्पतालको अनुगमन

मिना बुढाथोकी ,सल्यान, ७ जेठ ।
सल्यानको खलंगामा रहेको जिल्ला अस्पताल सल्यानको आज शारदा नगर प्रमुख सुरेश अधिकारीले आज आकस्मिक अनुगमन गरेका छन् । अनुगमनका क्रममा उनले अस्पतालका बिरामी दिइने उपचार सेवा,अस्पतालमा विरामिका लागि औषधिको प्रयाप्तता,चिकित्सा सामग्रिहरुको उपल्व्धता लगाएतका विषयको जानकारी लिए ।

अनुगमनका क्रममा अस्पताल लाई ५० सैया सम्म पुर्याउने सारदा नगरपालिकाको लक्ष्य अनुसार अहिले ३७ सैया सन्चालनमा रहेको अस्पताल प्रसासनले वताएको छ । अस्पताल लाई भौतिक रुपमा सम्पन्न गराउन नगरको करिव २ करोड लगानिमा भवन निर्माण अघि बढेको र टेण्डर भैसकेको बताइएकोछ ।

त्यसैगरी विरामी हरुको स्वास्थ्य अवस्था जाच्न अत्याधुनिक सिआर मेसिन खरिद गर्ने कार्य पूरा भैसकेको अस्पतालले जनाएको छ । जिल्ला अस्पतालमा मेसिन खरीद गर्नका लागी यस नगरपालिकाले करिव ८ लाख रुपैया विनियोजन गरेको छ ।

सारदा नगरपालिकाले अस्पतालको भौतिक,प्रसासनिक र व्यवस्थापकिय क्षेत्रमा नगरको पहिलो साधारनसभा वाटै सहयोग गर्ने निर्णय भए अनुसार सहयोग अघि वढाएपछी अस्पतालले दिने सवै सेवामा अहिले परिवर्तन आउन थालेको नगरपालिकाका प्रेस संयोजक यादव उपाध्यायले जनाए । अस्पतालमा अहिले विगतका भन्दा सेवा प्रवाहमा आएको परिवर्तन संगै सेवा ग्राहिको भिड समेत दिनानुदिन बढ्न थालेको अस्पतालले जनाएको छ ।

 

प्रकाशित मिति : २०७५ जेष्ठ ७ गते सोमवार
प्रतिक्रिया