२०८३ कार्तिक ११ गते मङ्गलवार

दाङमा गोठी खोलाले बगाउँदा महिलाको मृत्यु

तुलसीपुर, १८ असार । तुलसीपुर उपमहानगरपालिका–३ मा रहेको गोठी खोलाले बगाउँदा एक जना महिलाको मृत्यु भएको छ । रानागाउँकी ५१ वर्षीय ताराकुमारी गुरुङलाई मंगलबार दिउँसो खोलाको छेउमा रहेको आफ्नै खेतको आली बनाउने क्रममा एक्कासी आएको बाढीले बगाउँदा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार शवलाई पोस्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पतालमा राखिएको छ। दाङमा नियमित भएरहेको वर्षाका कारण खोलाहरुमा बाढी समेत आएको छ ।।

प्रकाशित मिति : २०८१ असार १८ गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।