दाङ, १६ असार । लुम्बिनी प्रदेशका १२ जिल्लामा एकै दिन एक लाख बढी विभिन्न प्रजातिका बिरुवा रोपिएको छ । राष्ट्रिय वृक्षरोपण दिवसका अवसर पारेर गत शुक्रबार लुम्बिनीका १२ जिल्लामा एकै दिन एक लाखभन्दा बढी विभिन्न प्रजातिका बिरुवा रोपिएको हो । प्रदेशका १२ वटै जिल्लाका डिभिजन वन कार्यालयमार्फत विभिन्न प्रजातिका एक लाख पाँच हजार ५६२ बिरुवा रोपिएको लुम्बिनी प्रदेश वन तथा वातावरण मन्त्रालयका योजना शाखा अधिकृत केशव खड्काले जानकारी दिनुभयो ।
उहाँका अनुसार सबैभन्दा धेरै डिभिजन वन कार्यालय रुपन्देहीमार्फत २३ हजार २४० र सबै भन्दा कम बर्दियामार्फत २१० बिरुवा रोपिएको छ । यस्तै डिभिजन वन कार्यालय नवलपरासीमार्फत चार हजार पाँच सय, पाल्पामार्फत १० हजार ६६१, गुल्मीमार्फत छ हजार ४३५, अर्घाखाँचीमार्फत दुई हजार ६३५, कपिलवस्तुमार्फत १२ हजार आठ सय र गौतम बुद्धमार्फत १९ हजार बिरुवा रोपिएको छ ।
डिभिजन वन कार्यालय दाङमार्फत दुई हजार ७८०, देउखुरीमार्फत ७५०, प्युठानमार्फत नौ हजार सात सय, रोल्पामार्फत १० हजार, रुकुमपूर्वमार्फत ७६०, बाँकेमार्फत दुई हजार ६७ र खड्काले बताउनुभयो । जिल्लास्थित डिभिजन वन कार्यालयमार्फत बिरुवा वितरण गरेर जिल्लाका विभिन्न सामुदायिक वन, तालतलैया तथा सार्वजनिक स्थानमा उक्त बिरुवा रोपिएको उहाँले जानकारी दिनुभयो ।।























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।