२०८३ कार्तिक ९ गते आइतवार

कुखुरा ब्यबसायी समिति तुलसीपुरको दोस्रो अधिबेशन सम्पन्न

तुलसीपुर,२ असार । कुखुरा ब्यबसायी समिति तुलसीपुरको पाँचौ साधारणसभा तथा दोस्रो अधिबेशन सम्पन्न भएको छ ।तुलसीपुर कुखुरा ब्यबसायी समितिका अध्यक्ष दुर्गा बस्नेतको अध्यक्षता तथा समितिका संस्थापक अध्यक्ष तारा प्रसाद पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । राप्ती तुलसीपुर पोल्ट्री ढुवानी प्रालिका अध्यक्ष ढाकाबिर खत्री आचार्य नबराज भुसाल, वसन्त खडका, किरण आचार्य, बिरज कुमार डाङ्गी, बैकुण्ठ अधिकारी, झग बहादुर बस्नेत, नवीन लामिछाने,झुपलाल वली, डिल्ली बहादुर वली, बेदु बस्नेत, अनिल खड्का लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा बोल्ने वक्ताहरुले सबै ब्यबसायी एक जुट भएर अघि बढ्नु पर्ने बताएका थिए ।

फुट्ने होइन जुटेर अघि बढे मात्रै ब्यबसायीक हकहितसँगै पोल्ट्री उत्पादन तथा बिक्री वितरणमा परेका समस्याहरुका बारेमा गम्भीर रुपमा आवाज उठाउनु पर्ने बताएका थिए । ब्यबसायमा आउने हरेक समस्या तथा चुनौतीलाइ सबैले सहकार्य गरि सामना गर्ने, तुलसिपुर क्षेत्रमा दुईवटा कुखुरा ब्यबसायी समिति भएको हँुदा समस्या सृजना भएकोले दुईवटा समिति एकीकरण गरेर तुलसीपुरदेखी पश्चिम शान्तीनगर, दंङ्गीशरण, बबई, सल्यान कालिमाटी रामपुर समेत समेटेर एकताबद्ध कुखुरा ब्यबसायि समिति एक हुनुपर्ने बताएका छन् ।

अधिबेशनबाट सर्बसम्मत रुपमा दुर्गा बस्नेतको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ ।जसको उपाध्यक्षमा किरण आचाय, सचिव दीपक कुमार बस्नेत, कोषाध्यक्ष बिरज डाङ्गी, सदस्यहरुमा झुपलाल वली, खुमलाल बिश्वकर्मा र दोमकान्त बस्याललाई चयन गरिएको छ । त्यसै गरि सल्लाहकारहरुमा ढाकाबिर खत्री आचार्य, नबराज भुषाल, ताराप्रसाद पौडेल, बसन्त खड्का र होम बहादुर बस्नेत चयन हुनु भएको छ । समितिका कार्यालय प्रमुख ईश्वरी प्रसाद गैरीको स्वागत मन्तब्यबाट सुरु भएकोे कार्यक्रमको सहजीकरण समितिका सचिव दीपक कुमार बस्नेतले गर्नु भएको थियो ।।

प्रकाशित मिति : २०८१ असार २ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।