२०८३ कार्तिक ९ गते आइतवार

तरकारी तथा फलफुल बजार व्यवस्थापन समितिको चौथो साधारणसभा

तुलसीपुर, ५ जेठ । तरकारी तथा फलफुल बजार व्यवस्थापन समिति तुलसीपुरको चौथो साधारण सभा तथा तेस्रो अधिवेसन तुलसीपुरमा सम्पन्न भएको छ । समितिका अध्यक्ष माधव घिमिरेको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीको प्रमुख आतिथ्यमा भएको साधारणसभामा पूर्व मेयर घनश्याम पाण्डे, तुलसीपुर उपमहानगरपालिका – ६ का पूर्व वडा अध्यक्ष नवराज लामिछाने, तुलसीपुर उद्योग बाणिज्य संघका उपाध्यक्ष नरेश कुमार राजभण्डारी, मानव अधिकार तथा शान्ति समाजका वर्तमान केन्द्रिय बरिष्ठ उपसभापति सुशील बस्नेत लगायतले मन्तब्य राख्नु भएको थियो ।

सो अवसरमा तरकारी बजारका संस्थापक अध्यक्ष दामोदर गुप्ता, झुपलाल खड्का, नवराज रावत, डिल्ली बुढाथोकी लगायतलाई तरकारी बजारमा योगदान पुरयाएको भन्दै सम्मान गरिएको थियो । सो अवसरमा सचिव सुरेश गुप्ताले सांगठनिक र कोषाध्यक्ष हेमलाल भण्डारीले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन झुपलाल खड्काले गर्नुभएको थियो ।

अधिबेसनले आगामी कार्यकालका लागि पुनः माधव घिमिरेको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति गठन गरेको छ । वर्तमान कार्यसमितिलाई अधिबेसनले अनोमदन गरेको सचिव सुरेश गुप्ताले जानकारी दिनुभयो । जसको सचिवमा सुरेश गुप्ता र कोषाध्यक्षमा हेमलाल भण्डारी,सदस्यमा उमा वली,नवराज गौतम र दोलख खत्री हुनुहुन्छ । ९ सदस्यीय कार्यसमितिमा तुलसीपुर उपमहानगरपालिका वडा नम्वरबाट एक जना प्रतिनिधि, तुलसीपुर कृषि ज्ञान केन्द्रबाट एक जना र तुलसीपुर उद्योग बाणिज्य संघबाट एक जना प्रतिनिधि सदस्यमा चयन गर्ने ब्यबस्था बजार सञ्चालन निर्देशिकामा ब्यबस्था गरेको छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ ५ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।