२०८३ कार्तिक १० गते सोमवार

दुई सय बढीको निशुल्क आँखा चेकजाँच

तुलसीपुर, २२ बैशाख । दंगीशरण गाउँपालिकाको गोल्टाकुरीमा भएको निशुल्क आँखा शिविरमा २१२ जनाको आँखा चेकजाँच गरीएको छ । दंगीशरण हेल्थपोष्टमा भएको आँखा चेकजाँच कार्यक्रममा एक सय ५१ जना महिला र ६० जना पुरुषको आँखा चेकजाँच गरीएको राप्ती आँखा अस्पतालका नेत्र सहायक रोहित कठायतले जानकारी दिएका छन् । राप्ती आँखा अस्पतालको प्राविधिक सहयोगमा भएको आँखा चेकजाँचमा ३० जना विरामीहरुको आँखामा मोतिविन्दु देखिएको र उनीहरुलाई अप्रेसनका लागि राप्ती आँखा अस्पतालमा रिफर गरीएको छ । रोहित कठायतको नेत्तृवमा मिना मल्ल, पुन वली, राजुराज शर्मा र सुदन बुढाथोकीको प्राविधिक टोलिले सेवा दिएको अस्पतालका सूचना अधिकारी बालाराम खड्काले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०७५ बैशाख २२ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।