२०८३ कार्तिक ९ गते आइतवार

स्वर्गद्धारी गुठी पीडित मोही किसानद्धारा न्यायका लागि कानुन बनाइदिन मन्त्रीलाई आग्रह

तुलसीपुर, २४ वैशाख । स्वर्गद्धारी गुठी पीडित मोही किसानहरुको २ दिने राष्ट्रिय सम्मेलन आजदेखि दाङको घोराहीमा सुरु भएको छ । सम्मेलनमा सहभागी गुठी पीडित मोही किसानहरुले आफूहरुको भोटबाट जितेर गएका मन्त्रीहरुलाई किसानको न्यायका लागि कानुन बनाइदिन आग्रह गरेका छन् ।

सरकारले नै अन्याय गरिरहेको भन्दै किसानहरुलाई आन्दोलन गर्न बाध्य पारिएको र न्याय नपाउँदासम्म आन्दोलन जारी राख्ने बताएका छन् । दाङमा भैरहेको सम्मेलनमा सहभागी भएका १४ जिल्लाका गुठीपिडित किसानहरुले कि मुक्ति कि हातमा लालपुर्जा हुनुपर्ने निरन्तर माग समेत गर्दै आएका छन् । आन्दोलन नगर्दासम्म कसैले पनि अहिलेसम्म न्याय पाउन नसकेको उदाहरणहरु थुप्रै रहेको भन्दै अधिकारका लागि आन्दोलन जारी राख्ने उनीहरुको भनाई थियो ।

स्वर्गद्वारी गुठी अन्तर्गत दाङको लमही, घोराही र तुलसीपुरमा गरी १२ मौजा रहेको र उक्त जमिन पुस्तौंदेखि जोतभोग गर्दै आएका तीन हजार घरधुरीका १५ हजार किसानहरुलाई मोही प्रमाण हुँदाहुँदै पनि अधिकार कार्यान्वयन नगरी स्वर्गद्वारी गुठीले आलटाल गरेकै अवस्थामा सर्वोच्च अदालतको २०६२ चैत १४ गतेको उत्प्रेषण मिश्रित परमादेशले सदाका लागि अधिकारबाट बञ्चित गराएको भन्दै किसानहरु विभिन्न चरणमा आन्दोलनरत छन् । अदालतले स्वर्गद्वारी आश्रमलाई विशेष प्रकृतिको निजी गुठी नामाकरण गरी जमिन खण्डीकृत नगर्न, नगराउन परमादेश जारी गरेको थियो । खण्डीकृत गर्दा आश्रम नै नचल्ने अवस्था आउनसक्ने अदालतको ठहर छ । अदालतकै परमादेशका कारण मोही किसान समस्यामा परेको भन्दै किसानहरुले यस्ता समस्या समाधान गर्न सरकारले छुट्टै कानुन बनाउनुपर्ने सरकारसँग माग गरिरहेका छन् ।।

प्रकाशित मिति : २०८१ बैशाख २४ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।