२०८३ भाद्र २६ गते शुक्रवार

कल्भर्ट निर्माण हुने भएपछि स्थानिय खुशी

तुलसीपुर, ४ वैशाख । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नंबर १० पड्ढामा रहेको गनारी खेत तथा गनारी कुवा जाने बाटोमा कल्भर्ट निर्माण हुँदै छ । बर्षौँदेखि सास्ती भोग्दै आएका स्थानियहरु कल्भर्ट निर्माण हुने भएपछि खुशी भएका छन् । वर्षौदेखि एउटा पोलको भरमा आवतजावत गर्ने गरेको बताउँदै कल्भट निर्माण हुँदै गर्दा खुशी लागेको स्थानिय लक्ष्मण चौधरीले बताउनु भयो । वडा कार्यालयको २ लाखको लागतमा कल्भर्ट निर्माण कार्य भइरहेको गनारी कुवा जाने कल्भर्ट निर्माण उपभोक्ताा समितले जनाएको छ । गत चैत २० गतेदेखि सुरु भएको कल्भर्टको असार मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य रहको वडा अध्यक्ष यमराज केसीले जानकानरी दिनुभयो । कल्र्भट निर्माण भएपछि कृषिका लागि गनारी खेतमा जान आउन स्थानियहरुलाई सहज हुने छ ।।  
प्रकाशित मिति : २०८१ बैशाख ४ गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।