कल्भर्ट निर्माण हुने भएपछि स्थानिय खुशी

तुलसीपुर, ४ वैशाख । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नंबर १० पड्ढामा रहेको गनारी खेत तथा गनारी कुवा जाने बाटोमा कल्भर्ट निर्माण हुँदै छ । बर्षौँदेखि सास्ती भोग्दै आएका स्थानियहरु कल्भर्ट निर्माण हुने भएपछि खुशी भएका छन् ।

वर्षौदेखि एउटा पोलको भरमा आवतजावत गर्ने गरेको बताउँदै कल्भट निर्माण हुँदै गर्दा खुशी लागेको स्थानिय लक्ष्मण चौधरीले बताउनु भयो । वडा कार्यालयको २ लाखको लागतमा कल्भर्ट निर्माण कार्य भइरहेको गनारी कुवा जाने कल्भर्ट निर्माण उपभोक्ताा समितले जनाएको छ । गत चैत २० गतेदेखि सुरु भएको कल्भर्टको असार मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य रहको वडा अध्यक्ष यमराज केसीले जानकानरी दिनुभयो । कल्र्भट निर्माण भएपछि कृषिका लागि गनारी खेतमा जान आउन स्थानियहरुलाई सहज हुने छ ।।

 

प्रकाशित मिति : २०८१ बैशाख ४ गते मङ्गलवार
प्रतिक्रिया