अस्पतालको सेवामा सुधार, विरामीको चाप बढ्यो 

हिमाल शर्मा, सल्यान,  १० वैशाख  ।

जिल्ला अस्पतातको सेवामा सुधार भए संगै विरामीको चाप वढेको छ । सामान्य स्वास्थ्य समस्या हुँदा पनि दाङ नेपालगञ्ज जाने बिरामीहरु जिल्ला अस्पता सल्यानमा सेवासुविधा थपिएपछि भिड लाग्न थालेको छ । विगतका वर्षहरुमा मुस्किलले ७०/८० जनाको उपचार हुने जिल्ला अस्पतालमा अहिले दैनिक २ सय बढि बिरामीले उपचार गर्दै आइरहेका छन् ।

अस्पतालमा १ विशेषज्ञ सहित ४ चिकित्सक कार्यरत रहेका छन् । अस्पतालमा विभिन्न प्रविधि थपिएपछि बिरामीहरुले गुणस्तरिय उपचार समेत पाउदै आइरहेको जिल्ला जनस्वास्थ्य कार्यालय सल्यानमा जनस्वास्थ्य प्रमुख अर्जुन बुढा मगरले जानकारी वताउनु भयो । उहाले भन्नुभयो अस्पतालले २४ सै घण्टा फामेर्सी सञ्चालनमा ल्याएको छ । भिडियो एक्सरे, डिजिटल एक्सरे, टिवि जाँज गर्न जिन एक्स्पर्ट लगायतका सेवासुविधा थपिएपछि विरामीहरुको चाप बढ्दै वढेको छ ।

विगतका वर्षहरुमा जिल्ला अस्पतालमा उपचार गर्न खासै चासो देखाउदैनथे , तर विशेषज्ञ सहितको टोलीले उपचार दिनथालेपछि र भिडियो एक्सरे, डिजिटल एक्सरे लगायतका सेवा सुविधा थपिएपछि हाल दैनिक २ सय भन्दा बढि बिरामीहरुले उपचार सेवा लिदै आइरहेका छन् वुढाले भन्नु भयो विरामीको चाप बढेसँगै १५ शैयाको अस्पतालमा ३७ वेड राखिएको छ ।

विशेषज्ञ सुविधा सहित हाइड्रोसिल, हर्निया, सिएस लगायतका शल्यक्रिया सञ्चालनमा आएको छ । अस्पतालको सेवा सुविधा थपिएसँगै छिमेकी जिल्ला रोल्पा रुकुमबाट समेत उपचारका लागि बिरामीहरु आउने गर्दछन् डा. प्रदिप शर्माले वताउनु भयो ।  उहालेभ न्नु भयो सल्यान अस्पतालको सेवा चुस्त द्रुस्त र प्रभावकारी भएपछि छिमेकी जिल्लाबाट समेत उपचारका लागि विरामीहरु आउने गर्दछन् ।

पूर्वाधार र , शौचालय, औषधी को अभाव, फोहोर व्यवस्थापन नुहुनु लगायतका समस्याका कारण विरामीहरु निजि अस्पताल , दाङ, नेपालगञ्ज जान बाध्य हुदै आइरहेका थिए ।

प्रकाशित मिति : २०७५ बैशाख १० गते सोमवार
प्रतिक्रिया